koronana

प्रहरी हेडक्वार्टरमा थप ४ प्रहरीमा कोरोना सङ्क्रमण

इन्द्रेणी संवाददाता
काठमाडौं, १५ साउन । प्रहरी प्रधान कार्यालयमा थप ४ जना सुरक्षाकर्मीमाथि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै त्यहाँ सङ्क्रमित प्रहरीको सङ्ख्या ४४ पुगेको छ ।

koronanaसङ्क्रमित प्रहरीको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिएका छन् ।

उनका अनुसार अहिलेसम्म देशभर अहिलेसम्म दुई सय २१ जना प्रहरीलाई कोरोना सङ्क्रमण भएको छ भने सङ्क्रमितमध्ये एक सय जना उपचारपछि निको भएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com