kp oli & barshaman pun

बहालवाला मन्त्रीले नै मागे प्रधानमन्त्रीको राजीनामा

 इन्द्रेणी संवाददाता

नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै पार्टी भित्र चर्को विवाद चलिरहेका बेला नेकपाका युवा नेता तथा बहालवाला मन्त्रीले नै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने धारणा राखेका छन ।

गत मंगलबार आफ्नो निवासमा भेटघाट गर्न आएका आफू निकटका कार्यकर्ता संग कुराकानी गर्दै उर्जामन्त्री बर्षमान पुन अनन्तले पार्टी एकताका लागि भएका सबै प्रयासलाई प्रधानमन्त्री ओलीले धोती लगाइदिएपछी अब दुबै पद त्याग्नुको बिकल्प नरहेको बताएका हुन ।

पार्टी एकतालाई मजबुत बनाउन सहमती अनुसार कुनै एउटा पद त्यग्नुपर्ने भएपनी केपी ओलीले असमझदारी कायमै गरे दुबै पद छोड्नुपर्ने उनको तर्क थियो । केपी ओलीमा चरम रुपमा बदलाको भाव भएकाले कुनै पनि समयमा आफ्नो अनुकुल पर्न बित्तिकै आक्रमण गर्ने स्वाभाब भएकाले उनी दुबै नेतृत्वमा बस्न नसक्ने मन्त्री पुनको भनाइ रहेको छ ।

पार्टीले प्रधानमन्त्रीलाई कुनै एउटा पदबाट राजिनामा दिन गरेको आग्रह अस्वीकार गरेर उल्टै पार्टी फुटाउने विधेक लिएर पार्टीलाई एकताबद्ध बनाउनुको साटो पार्टी फुटाउने काममा सक्रिय देखिएकाले उनिको नेतृत्वमा पार्टी वा सरकार दुबै चल्न नसक्ने मन्त्री पुनको जिकिर रहेको छ । प्रधानमन्त्री ओलीले राजिनामा नदिए आफ्ना निकटका मन्त्रीहरुले राजिनामा दिने तयारी भएको बताएका छन ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com