aaaa

बर्दियामा ३९० घर डुवानमा

दीपक शर्मा
बर्दिया, १५ साउन । दुई दिनदेखि परिरहेको अविरल बर्षाका कारण बर्दियामा करिब ३९० घर डुवानमा परेका छन । र्दियाको राजापुर नगरपालिका , ठाकुरबाबा नगरपालिका र गेरुवा गाउ पालिका प्रभावित भएका हुन् ।

aaaaठाकुरबाबा नगरपालिकाममा ३० घर डुवानमा परेको छ ति मध्ये १७ घरका ६० जना मानिस विस्थापित भएको र उनीहरुलाई सुरक्षित स्थानमा राखिएको प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बताए ।

कोरोनाका कारण विस्थापित भएकाहरुलाई सामाजिक दुरी कायम गरी विद्यालयमा वसोवासको व्यवस्था गरिएको छ । राजापुर नगरपालिकामा पनि ३०० भन्दाबढी घर डुवानमा परेको नगर प्रमुख शिवप्रसाद थारुले जानकारी दिए । घरमा पानी पसेपनि कुनै मानवीय तथा भौतिक सामग्री नष्ट भएका छैनन् ।

यसैगरी गेरुवा गाउपालिकामा दर्जनौ घर डुवानमा परेतापनि अहिले पानी पर्न रोकिएका कारण अवस्था सहज बन्दै गएको गाउँपालिका अध्यक्ष जमान सिंह केसीले बताए ।

दुई दिनदेखिको अविरल बर्षाका कारण अन्य क्षेत्रमा खासै क्षति नपुर्याएता पनि डर त्रास भने कायमै राखेको छ । लगातार पानी परिरहेका कारण बबई तथा कर्णाली नदिमा पानीको सतह वढदै गएको छ । तर जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति र समुदायलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । कर्णाली नदिको चिसापानीको बाढी मापन केन्द्रमा मंगलबार विहान सतर्कता तहसम्म पुगेको थियो । वेलुका केही घटेको बताइएको छ ।

FB_IMG_1596041320913

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com