bebulal1

पहिरोले पुछ्यो यी वृद्ध दम्पतीको जीउने आधार, बेसहारा भइन ५ बर्षीय बालिका

केशरमान बुढाथोकी

बंगलाचुली ,१४ साउन । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ सागिनेमा एउटा सानो बस्ति छ । बस्तीको तल्लो छेउ मकै बारीको बिचमा एउटा सानो छाप्रो । त्यहि छाप्रोको नजिकै मुडो सिरानी लाएर अर्धचेत अवस्थामा पल्टीएका छन ६१ बर्षिया वृद्ध बेबुराम नेपाली ।

अलि तल छिमेकीको घरमा अचेत प्राय नै भएर पल्टीएकी छिन उनकी ६० बर्षीय श्रीमती । बेबुलाल पल्टिए नजिकै उनको सानो छाप्रो आधा पहिरोले पुछिएको अवस्थामा छ । त्यो छाप्रो नजिकै बाटुली र उनका छोरीहरुका कपडा र चप्पलहरु यततत्र छरिएका छन् । साँझपख खाना खाएर भोलिलाई माझ्न राखेका जुठा भाँडाहरु पनि यसै छरिएका छन् । घर वरपरको वातावरण स्तव्ध छ ।

कारण आज बेबुलालको घरमा बज्रपात परेको छ । झन्डै एक बर्ष अगाडी आफ्नो बुढेसकालको सहारा छोराले संसार छाडेर गए । छोराले संसार छाडेर गएपनि २ नातिनी र बुहारीको मुख हेरेर बसेका ती वृद्ध दम्पत्तीलाई बाटुलीले दिनभर अरुको काम गरेर दुइ छाक टार्ने गरेकी थिइन ।

bedulal2

पाल्ने सहारा छोराले संसार छाडेर गएको आलो घाउ सुक्न नपाउदै फेरी ती दम्पतीले अर्को सहारा बुहारी र फूल जस्ती नातिनीलाई पनि गुमाएका छन् । अहिले उनको परिवारमा परेको बज्रपात समन गर्न ती दम्पतीलाई निकै कठिन भइरहेको छ ।

सपना जस्तो लाग्छ बेबुलाललाई बुहारी र नातिनीले आफुहरुलाई छाडेर गए भन्ने कुरा । घटना बारे भक्कानिदै भन्छन – ”राती खाना खाएर एकैछिन पारिवारिक कुराकानी गरिउ, अनि खाना खाने कोठामा हामी बुढाबुढी सुतिउ । सानी नातिनी र बुहारी अर्को कोठामा गए । राति अलि अबेरदेखि पानी पर्न थाल्यो , लगातार पानी परिरहेपछि केहि हुन्छ कि भन्ने त्रास त लागेको थियो ,त्यस्तै रातको तीन बजेको हुँदोहो, गररको आवाज आयो, कहाँ के भयो भनेर लाइट बालेर बाहिर निस्किए, बुहारी सुत्ने कोठा पुरै पहिरोले पुरिएको थियो, बुहारी र नातिनी जिउदो छैनन् भन्ने लाग्यो अनि, कोठामा गएर बुढीलाई उठाए, घर देखि पर डाँडामा गएर उज्यालो नहुन्जेल बसिरहयौ, जव उज्यालो भयो अनि छिमेकीलाई खबर गर्न गयौ । छिमेकीहरु बिहान ६/७ बजे सम्म जम्मा भए अनि बुहारी र नातिनीको मृत शरिरलाई बाहिर निकाले ।”

bebulal3

भक्कानिदै यी शब्दहरु निकालिरहदा बेबुलालका चाउरिएका गालामा आँसुका धाराहरु बगिरहेका थिए । किशोरावास्था भर्खरै पार गरेकी बाटुली २३ बर्षको अवस्थामा नै बिधुवा भएकी थिइन् । आफ्ना दुइ छोरीहरुको अनुहार हेरेर वृद्धव्रिद्दा सासु ससुरा पालेर बस्ने सहास गरेकी बाटुलीका सपना पनि पहिरो संगै पुछिएर गए ।

हजारौं दुखका पोकाहरु खोल्दै बेबुलाल अगाडी भन्छन – “म सुकुम्बासी हौँ, यो धर्तीमा मेरो आफ्नों नाममा कहिँ कतै एक टुक्रा पनि सम्पति छैन, बिष्टहरुका घरमा सिलाइ गरेर आफ्नो जीवनका ६ दशक काटेको मान्छे म, अब त सिलाउन पनि आँखा देख्दैन के कसरी पेट पाल्ने रु हामी त अब केहि दिनमै भोकले मर्छौं होला ।”

जीवनमा आफ्ना बाआमा को किरिया गरेका बेबुलालले बिधिको बिडम्बना एक बर्ष अगाडी आफ्नो छोराको किरिया बसे अहिले फेरि बुहारी र नातिनीको काज किरिया गर्नु पर्दा आफुलाई संसार कै अभागी ठानेका छन् । तर नियतिको चोट सहनु भन्दा कुनै विकल्प छैन यी वृद्ध दम्पतीको । सहयोगी हातहरुको सहयोगको अपेक्षामा डाँडा माथिको घाम भएर बाँच्ने सहास बटुलेका छन् बेबुलाल ।

पाँच बर्षमै आमा बाबु गुमाइन एलिसा

यता एक बर्ष अगाडी मात्र बाबु गुमाएकी पाँच बर्षीय एलिसालाई थाहा छैन आफ्नी आमा र बहिनीले पनि उनीलाई छोडेर गए भन्ने कुरा । दुइ दिन अगाडी मात्र आमाले मामाघर पुर्याएर छोडेकी एलिसालाई आमा र बहिनीले सदाका लागि छोडेका हुन् भन्नेकुरा अझैं थाहा छैन ।

bebulal4

केहि दिन मामाघरमा बस्ने रहरले मामाघर आएकी एलिसालाई आफ्ना बाआमा र बहिनीले छाडेर गएपछि अब उनि एक्लै भएकी छिन । राम्रो संग बोल्न नै नजान्ने बाल्यावस्थामा एक्लै भएकी एलिसाको पहिरोले बगाएर आमा संगै बहिनीलाई बगाएपछी सुन्दर भविष्यको सपना पनि संगै बगेको छ ।

नातीनीको भविष्य बारे केहि सोच्ने नसकेका बेबुलाल भन्छन मेरो छोरा र बुहारीको चिनो नातिनीलाई मैले पाल्छु । तर बोलेर मात्र भएन नातिनीको लालानपालन गर्ने र पढाउने कुनै सामर्थ्य छैन बेबुलाल संग ।

https://www.youtube.com/watch?v=OIYo88bPsYo

 

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com