acid-attacks

एसिड प्रहारबाट घाइते युवतीको उपचारमा सरकारले सहयोग गर्ने

इन्द्रेणी संवाददाता
काठमाडौँ, ११ साउन । एसिड प्रहारबाट गम्भीर घाइते भएकी युवतीको उपचारमा सरकारले सहयोग गर्ने भएको छ । आज घाइते युवतीको स्वास्थ्यावस्थाबारे जानकारी लिन कीर्तिपुर अस्पताल पुगेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले यस्तो जानकारी दिएका हुन् ।

acid-attacks“तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ”, मन्त्री ढकालले भने,” “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए ।

सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले एसिड प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए । दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरिसकेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com