koro

नेपालमा आज थपिए १३० कोरोना संक्रमित

इन्द्रेणी संवाददाता

काठमाडौं, ११ साउन । वितेको २४ घण्टामा नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको

koroपरीक्षणमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

वितेको २४ घण्टामा ७५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १३ हजार १२८ पुगेको छ । हालसम्म तीन लाख ४२ हजार ४५७ जनाको स्वाब सङ्कलन गरी आरटी पीसीआर परीक्षण गरिएको छ । मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com