gold

चीन-अमेरिका विवादले सुनको भाउ १ हजार ९०० डलर माथि उक्लियो

न्यूयोर्क, १० साउन । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर १ हजार ९०० डलरमाथि उक्लिएको छ । कोरोना भाइरसको महामारीले थिलथिलो भएको विश्व अर्थतन्त्र चीन र अमेरिकाबीच चर्किएको विवादले थप खराब हुने चिन्ताबीच शुक्रवार सुनको भाउ सन् २०११ यता पहिलो पटक सो स्तर नाघेको हो ।

goldउक्त दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेजको कोमेक्स डिभिजनमा मध्याहन्न पछिको कारोबारमा स्पट गोल्डको भाउ प्रतिऔंस बढेर १ हजार ९०५ डलर ७२ सेन्टसम्मको उच्च विन्दुमा पुगेको थियो । बिहानी कारोबारदेखि नै उतारचढाव आएको भएपनि मध्याहन्न पछि भने स्पटको भाउ उकालो लाग्न थालेको थियो । शुक्रवार कोमेक्स बन्द हुँदा सुनको भाउ प्रतिऔंस १ हजार ९०१ डलर ८५ सेन्ट कायम भएको थियो ।

सोही समयमा यूएस गोल्ड फयूचर्स पनि शून्य दशमलव ४ प्रतिशतले बढी १ हजार ८९७ डलर ५० सेन्टमा पुगेको थियो । हप्ताभरिको कारोबारमा भने सुनको भाउ ५ प्रतिशतले बढ्यो ।

भाउमा भएको यो वृद्धि मार्च २७ मा सकिएको हप्तायताकै उच्च हो । अमेरिका–चीनबीच बढ्दो विवादले पहिला देखि नै सुस्ताएको विश्व अर्थतन्त्र थप सुस्ताउने चिन्ता बढेको बीएमओमा बहुमूल्य धातु डेरिभेटिभ्स कारोबार प्रमुख ताई वुङ बताउँछन् ।

अमेरिकाले ह्यूस्टनमा रहेको दूताबास बन्द गर्न चीनलाई भनेपछि चीनले पनि चङतुमा रहेको दूताबास बन्द गर्न अमेरिकालाई आदेश दिएपछि दुई देशबीच विवाद झनै बढेको छ । विश्वभर कोभिड–१९ का बिरामीको संख्यामा निरन्तर भइरहेको वृद्धिले पनि सुनको भाउलाई टेवा दिइरहेको छ । अमेरिकामा संक्रमितको संख्या ४० लाख नाघेको छ भने विश्वभर १ करोड ५५ लाख ८० हजारमाथि पुगेको छ ।

सुनको भाउमा भइरहेको वृद्धि रोक्ने एक मात्र तत्व कोरोना भाइरस विरुद्धको खोपको तीव्र विकास भएको र यस्तो नभएसम्म अहिले बजारमा देखा परेका सबै अनिश्चय यथावत् रहने स्टोनएक्सका विश्लेषक रहोना ओ’कोनेल बताउँछन् । महामारीबीच अर्थतन्त्रलाई टेवा दिन विश्वभर केन्द्रीय बैंकहरुले न्यूनस्तरमा झारेको ब्याजदर र स्टिमुलस कार्यक्रमका कारण यस वर्षको अहिलेसम्मको अवधिमा सुनको भाउ २५ प्रतिशत भन्दा धेरैले बढिसकेको छ । एजेन्सी

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com