1

दुध विक्री गर्ने किसानलाई डेढ लाख अनुदान

दाङ, १० साउन । हाम्रो पहुचँ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संञ्चालित डेरी उद्योगमा दुध बिक्रि गर्ने किसानलाई अनुदान रकम वितरण गरिएको छ ।

1प्रदेश नम्बर ५ सरकार, भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीबाट दुग्ध उत्पादक किसानका लागि प्राप्त अनुदान रकम बितरण गरेको हो ।

संस्थाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकम १ लाख ४३ हजार २०० रुपैँया दुग्ध उत्पादक किसानलाई प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए । प्रदेश सरकारले सहकारी संस्थामा दुध बेच्ने किसानहरुलाई अनुदान कार्यक्रममा समावेश गरेको उनको भनाइ छ ।

प्रदेश सरकारबाट प्राप्त रकम हाम्रो पहँुच सहकारीको डेरीमा दुध विक्री गर्ने किसानलाई बितरण गरिएको हो । संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र सल्लाहकार भरत भण्डारीले दुग्ध उत्पादक किसानहरुलाई शुक्रबार उक्त रकम हस्तान्तरण गरेका हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com