sampadakiya final

कृतिम जलाशयलाई सुरक्षित बनाउन आवश्यक

सम्पादकीय
दाङको घोराही उपमहानगरपालिकाले यस क्षेत्रको पानी सञ्चितकरणलाई मध्यनजर गर्दै ‘एक वडा एक जलाशय’ निर्माणको अभियान शुरु गरेको छ । हालसम्म उपमहानगरपालिकाले विभिन्न ११ वडामा करीव दुई दर्जन कृतिम जलाशय पनि निर्माण गरिसकेको छ ।

जलाशयबाट यस क्षेत्रको पानीका मुहान सुरक्षित हुने मात्रै होइन त्यस क्षेत्रका स्थानीयहरुले जलाशयको पानीलाई सिंचाइँमा उपयोग गर्दै आयआर्जनको बलियो आधार पनि बनाएका छन् । जलाशय वरवर बाँझा जग्गाहरु जलाशय निर्माण भएपछि खेतीयोग्य बनेका छन् । कतै तरकारी वाली छन् त कतै कुनैवेला आकाशे पानीको भरमा खेती गर्ने किसानहरु बाह्रै महिना खेती गर्ने गरेका छन् ।

विशेष गरी उपमहानगरपालिकाले निर्माण गरेका अधिकांश लजाशय प्राकृतिक पानीका मुहानबाट पानी सञ्चितिरकण हुने भन्दा पनी वर्षातको समयमा आकाशबाट आएको पानी जम्मा हुने गरेका छन् । ती जलाशयहरु अहिले वर्षातको समयमा परेको पानी जम्मा भएपछि स्थानीयलाई सिंचाइँ सुविधाका लागि बाह्रै महिना सुविधा हुने गरेका छन् । जलाशय निर्माणको अभियान घोराहीवासीहरुका लागि वरदान नै सावित पनि भएको छ । जलाशयबाट स्थानीयले सिंचाइँ सुविधा पाउने मात्रै होइन कुनै कुनै जलाशय त निकट भविश्यका लागि पर्यटकीय क्षेत्रको रुपमा पनि विकास हुने देखिन्छ । पर्यटकीय क्षेत्रको एउटा उदाहरणीय जलाशय रामपुरस्थित चेपे जलाशय हो । यसलाई हेर्नका लागि अहिले पनि आन्तरिक पर्यटन जाने गरेको पाइन्छ ।

घोराही उपमहानगरपालिकाको यो अभियान वरदान सावित हुँदा हुँदै कहिले काही टाउको दुखाइको विषय पनि बन्ने गरेको हामी सबैमा अवगतै छ । गत वर्ष घोराही बजारको नजिकै रहेको गुलरिया जलाशयमा एक जना विद्यार्थीको ढुवेर मृत्यो भयो । ती विद्यार्थीलाई खाजीका लागि स्थानीय तहमा मात्रै पहल भएन कि केन्द्र (कुरिङटार) बाटै गोताखोर झिाउनु प¥यो । करीव ३ दिनसम्म ती व्यक्तिको शव खोज्दा खोज्दै सबैको टाउको दुखाइ भएको थियो । त्यसो त यो एउटा उदाहरण मात्रै हो ।

उपमहानगरपालिकाले निर्माण गरेका कृतिम जलाशयमा वर्षेनी कोही न कोही व्यक्तिको ढुवेर ज्यान गएकै हुन्छ । यो हाम्रो लागी अविसाप हो । सरसरती हेर्दा अहिले निर्माण भएको जलाशय विगत र वर्तमानमा भइरहेका घटनालाई हेर्दा सुरक्षित पक्कै छैनन् । कतै वर्षातमा पानी वग्ने सोतालाई थुनेर जलाशय निर्माण गरिएका छन् भने कतै पहिले प्राकृतिक रुपमा पानी जम्मा हुने खोल्सालाई उत्खनन् गरेर जलाशय बनाइएको छ । जलाशय निर्माण त गरिएको छ तर त्यसमा सुरक्षाका लागि तारवार नगरिदा दुर्घटनाको जोखिम छ ।

यस्ता जोखिमलाई न्यूनिकरण गर्नका लागि स्वयम स्थानीयहरु सचेत हुन आवश्यक छ भने जलाशय निर्माण गर्ने पक्षले सुरक्षित बनाउन आवश्यक देखिन्छ । तारबार गरेर होस या सचेनता जगाएर जलाशयमा ढुवेर मृत्यु हुनबाट बचाउन सके अहिले कृषि तथा आन्तरिक पर्यटनका लागि वरदान देखिएका कृतिम जलाशय निकट भविश्यमा जिल्लाकै आर्थिक संमृद्धिका संवाहक बन्न सक्छन् । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

-सम्पादक

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com