rainnn

आजदेखि चार दिन भारी वर्षा हुने

काठमाडौं, २५ असार । आजदेखि चार दिनसम्म भारी वर्षा हुने बताइएको छ । मौसमविद्धहरुका अनुसार आजदेखि नेपालका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ ।

rainnnयसैबीच गृह मन्त्रालयले आजदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण गर्दै क्षतिबाट जोगिन चनाखो रहन आग्रह गरेको छ । मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सूचना जारी गर्दै २५ देखि २८ असारसम्म यस वर्षको सबैभन्दा धेरै वर्षा हुने अनुमान गरेको छ ।

सम्भावित विपत्तिपछिको उद्धारका लागि ‘अलर्ट’ रहन प्राधिकरणले नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटीलगायतका निकायलाई पनि आग्रह गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com