sureshhamalji

रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा हमाल चयन

दाङ, २४ असार । दाङको तुलसीपुरमा गठन भएको रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा सुरेश हमाल चयन भएका छन् ।
मंगलवार तुलसीपुरमा भएको १३ औ पद हस्तान्तरण कार्यक्रममा हमाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो ।

sureshhamaljiअध्यक्ष देववहादुर केसीले रोटरी चेन हस्तान्तरण गरेर हमाललाई नयाँ कार्याकालको कार्यभार दिएका छन् । एक वर्षको कार्यकालका लागि कार्यसमितिको सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गाबहादुर केसी र सहसचिवमा बुद्धप्रकाश सिंह चयन भएका छन् ।

त्यस्तै चेयर क्लव एडमिनिष्ट्रेसनमा दिपेश भण्डारी, चेयर सर्विस प्रोजेक्टमा रुपेश शर्मा, चेयर मेम्बरशिपमा सञ्जय पराजुली, चेयर पब्लिक इमेजमा राजिव वली, चेयर टिआरएफमा उज्जवल श्रेष्ठ र मर्यादापालकमा मनोज बस्नेतलाई चयन गरिएको छ ।

क्लबका उपाध्यक्ष शिव श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी इन्टर्नेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालले रोटरीको भावना र मर्मलाई आत्मसाथ गर्दै सामाजिक कार्यमा एकजुट पर्ने बताएका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com