koronaa

आज नेपालमा ७४० जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौँ, १९ असार । आज शुक्रवार नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५२५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

koronaaमन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै देशभर ६१४३ डिस्चार्ज भएका छन् भने ९ हजार ८४ जना आइसोलेशनमा छन् ।

आज रोल्पामा झुण्डीएर मरेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखएको छ भने काठमाडौंमा एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ३२ पुगेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com