hatya922

चिर्पटले हानेर आफ्नै श्रीमानको हत्या

इन्द्रेणी संवाददाता 

पूर्वी रुकुममा एक श्रीमतीले चिर्पटले हानेर आफ्नै श्रीमानको हत्या गरेकी छिन । जिल्लाको सिस्ने गाउँपालिका २ सुद्रीकी रेश्मा बिकले चिर्पटले हिर्काउदा श्रीमानको ज्यान गएको हो ।

चिर्पटले प्रहार गर्दा सिस्ने २ सुद्रीका २३ वर्षीय बिछोड बिकको  ज्यान गएको हो । सामान्य पारिवारिक विवादको क्रममा मंगलबार राति ११ बजे बिछोडको श्रीमतीले  चिर्पट प्रहार गर्दा बिकको ज्यान गएको स्थानीय शिक्षक मोहन कुमार रोका मगरले जानकारी दिए ।

रोकाका अनुसार  मृतक टाउकोमा  चिर्पट प्रहारबाट गहिरो चोट लागेको थियो  । घटना मध्यरातमा भएपनि स्थानीयले  बिहानपख मात्र थाहा  पाएपछि प्रहरीलाई खबर गरेका थिए । बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेपछि ज्यान गएको हुनसक्ने उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको र रेश्मा बिकलाई नियन्त्रणमा लिइएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com