sabin priyasan

लकडाउन लभ र एयरहोस्टेस उपन्यास निकाल्ने तयारीमा छु : प्रियासन

पश्चिम नेपालको दाङमा जन्मिएर दाङलाई नै पत्रकारीताको कर्मथलो बनाएका पत्रकार सविन प्रियासन दाङबासीको लागि कुनै नौलो नाम होइन । पत्रकारिताका अलावा समाजका हरेक गतिविधिहरुमा जोडिने हरकोही संग पनि प्रियासनको नाम परिचित छ । दाङ मै पत्रकारिताको कर्मथलो बनाएपनि पत्रकारिताको केन्द्रमा नै दख्खल राख्ने पत्रकार प्रियासनको नाम पछिल्लो समय दाङ मात्र नभएर केन्द्र मै चिरपरिचित छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष, प्रेस संगठन प्रदेश नम्वर ५ को संयोजक, गणतन्त्र राष्ट्रिय दैनिकको प्रकाशक सम्पादक समेत रहनु भएका प्रियासनले पत्रकारिताको नेतृत्व गर्नुका साथै पछिल्लो समयमा साहित्य लेखनमा समेत अग्रसन छन् । सामाजिक बिषयबस्तुमा आधारित ८ वटा उपन्यास र दुईवटा अन्य कृतिहरु बजारमा लिएर आएका साहित्यकार/ पत्रकार प्रियासन हाल साहित्य सृजनामा नै ब्यस्त छन् । पछिल्लो समय एयरहोस्टेस र लकडाउन लभ उपन्यास लेखिरहेका प्रियासनाले एकैसाथ दुई उपन्यास प्रकाशन गर्ने तयारीमा छन् । प्रस्तुत छः सामाजिक कार्यहरुमा समेत अग्रस्थानमा देखा पर्ने प्रियासनसँग साहित्यीक गतिविधिहरुमा आधारित रहेर गरिएको  कुराकानीको सारसंक्षेप ।

लकडाउनको समयमा यहाँको दिनचर्या कसरी अगाडी बढिरहेको छ ?

यतिबेला सिंगो विश्व नै कोरोना भाइरसको संक्रमण संग लडिरहेको छ । यस्तो बिकराल अवस्थामा अनावश्यक बाहिर निस्कनु भन्दा घरमै बस्न राम्रो हुन्छ । पेशागतरुपमा म बाहिर निस्कनुपर्ने भएकाले सामाजिक दुरी कायम गरेर, स्वास्थ्य सामग्रीहरु प्रयोग गरेर काममा खटिन्छु । आजकाल विशेष गरी पत्रकारिताको नेतृत्व गरिरहेका हिसाबले विभिन्न वैठक, छलफल, योजनाहरु बनाउँनुका साथ साँगठनिक अन्य जिम्मेवारीहरु पुरा गर्दागर्दै दिनहरु बित्ने गर्छन् ।

82374610_1028119237557060_746447607894638592_o

तपाई यस अवधिमा साहित्य लेखनमा पनि क्रियाशिल भएको कुरा तपाईको फेसबुक स्टाटसबाट जानकारी लिन पाइन्छ । कुन पुस्तक निकाल्ने तयारीमा हुनुहुन्छ ?

हो मेरो शोख पत्रकारिता मात्र नभएर साहित्य सृजना पनि हो । त्यसैले मैले पहिले देखि नै साहित्य सृजना गर्ने गरेको छु । र  यतिबेला लकडाउन लभ उपन्यास लेखेर मिलाउने क्रममा छु । लकडाउन सकिएपछि लकडाउन लभ अनि एयरहोस्टेस उपन्यास निकाल्ने तयारी गरिरहेको छु ।

शीर्षक नै लकडाउन लभ ? ओ हो यसमा कस्तो कथा बस्तु समेटिएको छ ?

84610110_1043181519384165_382976770585919488_o

लकडाउन लभमा कोरोनाकालको समयमा सिर्जित घटनाक्रमहरु नै समावेश छन् । यसमा माया प्रेमका कुराहरु मात्र नभएर कोरोनाका कारण सिर्जना भएका अफ्ठ्याराहरु, यसबाट बच्ने उपाएहरु अनि लकडाउनका कारण उत्पन्न भएका आर्थिक मन्दि अनि यसबाट बच्ने उपाएका कुराहरु पनि छन् । लकडाउन लभ उपन्यासमा समाजमा प्रत्यक्ष असर गरेका थुप्रै घटनाक्रमहरु जो यस अबधिमा घटेका छन् । ती विषय बस्तुहरु पनि कथात्मक शैलिमा यसमा समावेश गरिएको छ ।

तपाई धेरै क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । संस्थागत नेतृत्व पनि गरिरहनुभएको छ । कतिबेला समय निकाल्नुहुन्छ लेख्नका लागि  ?

समय भन्ने कुरा व्यवस्थापन गर्ने कुरा हो । यहाँले भने झै म संस्थागतरुपमा जति पनि ठाउँमा आबद्ध छु, नेतृत्वदायि भूमिकामा छु । यस अर्थ सबैलाई परिचालन गर्ने सवालमा म अलि बढि व्यस्त नै हुन्छु । यस अबाहेक लेखन कार्यको कुरा गर्दा भित्रैबाट कुनै कुरा गर्छु भन्ने हो भने गर्न सकिदो रहेछ । विशेष गरी म अफिसमा भएको समयमा एकछिन् भएपनि डेसटप कम्प्युटरमा बस्न पाउँदा किताल लेखन कार्यलाई अगाडी बढाउँछु ।

मानिसहरु किताब लेख्नका लागि महिनौ समय निकालेर एकान्त ठाउँमा जान्छन्, तपाई अफिसमा लेख्छु भन्नुहुन्छ, अलि समस्या हुँदैन ?

म लेख्न बस्दा जस्तोसुकै होहल्ला भएपनि मलाई त्यसले कुनै असर गर्दैन । यहाँले भने झै दिनभरि किताब नै लेख्न नपाउँने भएकाले किताब भित्रका पात्रहरुको नाम टाइप गर्न बनाइएको फाइलको छेउँमा लेखेको हुन्छु, यस्तो गर्दा कहिले काँही पात्रहरुको नाम बिर्सदा सच्चाउन काम लाग्छ । जसले गर्दा किताब लेख्न सुरु गरेपछि आफूलाई यी र यस्ता कुराहरुमा बढि सजग बनाउँछु । अहिलेसम्म अफिसमै उपन्यास लेखिरहेको छु । खासै समस्या भएको छैन ।

84760142_1046455112390139_1743759861797093376_o

लकडाउन लभ भन्नासाथ मायाप्रेम, समाजको वर्तमान अवस्था त भैहाल्यो, यस बाहेक यौन मनोविज्ञानलाई यहाँले कत्तिको महत्व दिनुभएको छ ?

यो बुक यहाँले भने जस्तै प्रेम, समाज अनि वर्तमान परिवेशमा आधारित छ । यसहिसाबले यसमा यौनमनोविज्ञानका कतिपय प्रसँगहरु समावेश छन् । अन्य पुस्तकको तुलनामा मैले यसमा यौन मनोविज्ञानको प्रसँग अलि बढि समावेश गरेको छु ।

पाठकले कहिलेसम्म लकडाउन लभ र एयर होस्टेस उपन्यास पढ्न पाउँछन् ?

सम्भव त: अषाढको अन्तिमसम्म मैले यसलाई बजारमा ल्याउने तयारी गरेको छु ।

101683658_1139615556407427_3483504805468864767_nअन्तमा केही भन्नु छ कि ?

म सम्पूर्ण शुभेच्छुक पाठकहरुलाई विगतमा जस्तै मैले प्रकाशन गर्न लागिरहेको लकडाउन लभ र एयर होस्टेस उपन्यासलाई पनि माया गरिदिनु होला भन्न चाहन्छु ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com