koronana

एकैदिन थपिए ९० कोरोना सङ्क्रमित, सङ्क्रमित सङ्ख्या ७७२ पुग्यो

काठमाडौँ, १३ जेठ । नेपालमा आज एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, स्याङ्जा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन्।

koronanaसुदुरपश्चिमको कैलालीमा १ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको छ। सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
सङ्क्रमित हुनेहरूमा महोत्तरीमा २ जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराकै पचौटा नगरपालिकाका ३ जना, रौतहटका २२ जना, सिराहमा ५ जना, धनुषामा १ जना कोरोना सङ्क्रमित भएका छन्।

नेपालका कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । सङ्क्रमण भएको जिल्ला ४६ पुगेको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या १५५ पुगेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com