gg

प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण, प्रहरी कार्यालय नै सिल

काठमाडौं , १० जेठ । जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका एक जनामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल गरिएको छ ।

gg२२ दिनदेखि हिरासतमा रहेका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो । युवकको ढिलो गरी भएको स्वाब परीक्षण (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि प्रहरी कार्यालयनै सिल गरिएको हो ।

मुद्दा फाँटमा काम गर्नेदेखि सबै प्रहरीको पीसीआर परीक्षणको तयारी गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com