koronaa

थप ३२ जनाको कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, १० जेठ । नेपालमा पछिल्लो पटक थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

koronaaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सर्लाहीमा १३, रुपन्देही र कपिलवस्तसमा ८ /८ जना, वारा, चिवतन र काठमाडौंमा १/ १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । अहिलेसम्म यहाँ कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन् भने ७० जना निको भएर घर फर्किएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com