koro

दाङमा थप एक जनामा देखियो कोरोना संक्रमण

इन्द्रेणी संवाददाता
दाङ, ८ जेठ । दाङमा पनि एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणबाट घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षका एक पुरुषको रिपोर्ट पोजेटिभ देखिएको हो ।

afafरोल्पा, लमही, तुलसीपुर, घोराही उपमहानगरपालिका र सल्यानमा संकलन गरिएको ६९ जनाको स्वाब परीक्षण गर्दा ती व्यक्तिको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका का.मु रजिष्टार कैलाश प्रसाद देवले जानकारी दिएका छन् । ती व्यक्ति जनस्वास्थ्य कार्यालयको सम्पर्कमा रहेको पनि बताइएको छ । ती व्यक्ति भारतबाट कृष्णनगर हुँदै घोराहीकै कुइरेपानीमा रहेको क्यारेन्टाइनमा रहेको खुल्न आएको छ ।  यसअघि दाङका ३ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com