kapurkot

कपुरकोटमा २७ जना क्षयरोगका विरामी

सल्यान, ७ जेठ । सल्यानको कपुरकोटमा २७ जना क्षयरोगका विरामी रहेको स्वास्थ्य शाखाले जनाएको छ । बुधबार क्षयरोग सम्बन्धी उपचार केन्द्र स्तरीय कोहर्ट विश्लेषण कार्यक्रममा स्वास्थ्य संयोजक अरुण दाहालले यस्तो जनाएका हुन् ।

kapurkotचालु आर्थिक वर्षको हाल सम्म सिनवाङ स्वास्थ्य चौकी र रिम स्वास्थ्य चौकीमा पाँच ÷पाँच जना र गर्पा तथा धनवाङ स्वास्थ्य चौकीमा चार ÷चार जना गरी १८ जना क्षयरोगिका विरामीले नियमित औषधि सेवन गरिरहेका छन् । संयोजक दाहालका अनुसार गत वर्षका ३१ जना क्षयरोगका विरामी मध्य २७ जना निको भएका छन् भने बाँकी ४ जनाले अहिले पनि औषधि सेवन गरिरहेका छन् ।

कोहर्ट विश्लेषण कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्जहरुले क्षयरोगको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्दै तथ्यांक प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले टोलटोलमा स्वास्थयकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट क्षयरोगीहरुको खोजी, पहिचान भइरहेको जनाउदै भृटिएका सबैलाई उपचारको दायरामा ल्याइएको बताए । उनले गाउँपालिकाका ६ वटै स्वास्थय संस्थाहरुमा औषधिको अभाव हुन नदिइएको बताए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com