koronaa

एकैदिन थप ५३ जनामा कोरोना संक्रमण, कूल संख्या ३५७ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, ५ जेठ । नेपालमा आज एकैदिन ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसअनुसार सबैभन्दा बढी बाँकेको नरैनापुरमा आज एक महिलासहित ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

koronaaनरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरी भेरी अस्पतालमा ल्गाइएको थिया । जसमध्ये १९२ को परीक्षण गदा ४६ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । बाँकी ८१ जनाको स्वाब परिक्षण हुने क्रममा रहेको भेरी अस्पताल स्रोतले जनाएको छ ।

त्यस्तै धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा ४ जना, भैरहवामा एक, मोरङ्मा एक युवकमा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको स्वास्थय मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । हालसम्म कोरोनाका कारण नेपालमा २ जनाले ज्यान गुमाइसकेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com