atk

चार वर्ष अघि अतिक्रमण गरिएको वन क्षेत्र खाली गरी तारबार

दाङ, ५ जेठ । डिभिजन वन कार्यालय दाङले अतिक्रमण गरिएको करिव चार हेक्टर वन क्षेत्र अतिक्रमण हटाइ तारबार गरेको छ ।

atkतुलसीपुर उपमहानगरपालिका वडा नं १ मा रहेको जनता सामुदायिक वनमा विगत ३/४ बर्षदेखि गरिएको करिव चार हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सीले जानकारी दिए ।

डिभिजन वन कार्यालय दाङ र सव डिभिजन वन कार्यालय तुलसीपुरबाट सोमवार गएको गस्ती टोलीले करीब ४ हेक्टर जग्गामा भएको अतिक्रमण हटाई उक्त जग्गामा एक हजार रनिंग मिटर काडेतारले तारबार गरी वन क्षेत्र कायम गरिएको छ ।

जनता सामुदायिक वनका ३÷४ जना उपभोक्ताहरुले खेतिपाती गर्ने उद्देश्यले उक्त वन क्षेत्र अतिक्रमण गरेको भन्ने सूचनाका आधारमा गएको गस्ति टोलीले अतिक्रमित वन क्षेत्र खाली गराएको थियो । उक्त क्षेत्रमा खेतीपाति गर्न शुरु गरिएको थियो ।

उक्त वन क्षेत्र कसले अतिक्रमण गरेको भन्ने किटानी नभएको तर ३/४ घरधुरी उपभोक्ताहरूको मिलेमतोमा अतिक्रमण भएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनीहरुको यथाशीघ्र पहिचान गरी सामुदायिक वनको स्वीकृत कार्य योजना र विधान बमोजिम घटनामा संलग्नहरूलाई कार्बाही गरी डिभिजन वन कार्यालयलाई जानकारी गराउन सव डिभिजन प्रमुख तथा समूहका पदाधिकारीहरूलाई निर्देशन दिइएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले बताए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com