koronana

नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, ५ जेठ। नेपालमा दैनिक कोरोना भाइरसको संक्रमण फैलदै गएको छ । दैनिक जसो कोरोना संक्रमणका विरामी वढिरहेका छन् ।
पछिल्लो कोरोना परीक्षणबाट थप ९ जनामा संक्रमण पुष्टि भएको छ ।

koronanaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको जसअनुसार रौतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० पुरूष र रौतह माधव नारायण नपा ३ निवासी २८ वर्षिय महिलाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

त्यस्तै बारा करैयामाइ ५ निवासी ३८ वर्षिय पुरूषमा पनि संक्रमण फेला परेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । दुई जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com