arrest-

आफुलाई पत्रकार भन्दै स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने एकजना पक्राउ

इन्द्रेणी संवाददाता 

काठमाडौं । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्की पक्राउ परेका हुन्  ।

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेका  कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानाकारी दिए  ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।

 

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com