mrityu

नेपालमा कोरोनाका कारण पहिलोपटक एक जनाको ज्यान गयो

इन्द्रेणी संवाददाता 

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट पहिलो पटक एक जनाको ज्यान गएको छ  । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।

तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com