received_268124514367292

विच बाटोमै किन छोडेउ आमा !

कल्पना आचार्य
आमा !
किन छोडेर गयौ मलाई विच बाटोमै
बिस्तारै हिड्दै थिए म
तिमिले सिकाएको बाटो

मैले
न त तिम्रो काखमा धित मरुन्जेल खेल्न पाएँ ,
न रमाउन पाएँ तिमी संगै हेरेक पल
न खुवाउन पाएँ तिमिलाइ आफ्नै हातले
न खाँन नै पाँए तिम्रो हातको
धेरैबेर !

मेरी आमा !
लागेन तिमिलाइ म बिना मेरी छोरी
एक्लि हुनेछे यो संसारमा
लागेन तिमिलाइ छोरीलाई मैले अझै सिकाउनु छ
जीवन जीउने गोरेटो ?
लागेन तिमिलाइ
म बिना शुन्य हुनेछ छोरीको संसार !

हो मेरी आमा !
आज म त्यही अवस्थामा छु
जो तिमिले हिजो छोडेर जाँदा थिए ।
बेचैनी हुन्छ मेरो हृदय
प्रत्येक पल तिमिलाइ सम्झदा
कौसीमा गएर तिमिलाइ खोज्छु
भान्सामा गएर तिमिलाइ खोज्छु
पधेंरोमा गएर तिमिलाइ खोज्छु
तर
तिमी आउछेउ केवल
हृदयमा
जब्बर छाप बनी ।

मेरी आमा
हजारौं छन मेरा गुनासाहरु
तिमी संग
आधाबाटो मात्र हिडाउनु थियो भने
पाइला नै टेक्न सिकायौ किन ?
आधा पेट मात्र खुवाउनु थियो भने
खान नै सिकायौ किन ?
न दु:ख साट्न कुनै दिदी बैनी दियौ
न दाजुभाइ
बेसाहारा बनाइ किन छोडेउ
यो संसारमा एक्लै मलाई ?

मेरी आमा
न तिमिले मेरा अँखाका नयन पढ्न सक्यौ,
न हृदयको भाव बुझ्न नै सकेउ
तिम्रो न्यानो हात सुम्सुम्याउदै
संसार डुल्ने रहर थियो आमा
तिम्रो काखमा लडिबुडी खेक्दै
संसार जित्ने रहर थियो आम ।
तर ती सबै
मेरा लागि श्वैर कल्पना बने
अचेल यसै बेचैनी छ ।

मेरी आमा !
हाम्रा लागि त्यो कालो दिन
२०७३ बैशाख ३०
हरेकको घरमा बहार बोकेर आउने
नयाँ बर्ष
हाम्रो घरमा जहर बोकेर आएछ आमा
खै किन तिमी लड्यौ एक्कासी ?
त्यो दिन
अनि मेरा आँशुको रापले पूरा पीर बालिदिएँ
तर तिम्रो मन कति पनि पगाल्न सकेन
खै किन आमा?
तिमी कठोर बन्दै गयौ ?
खै किन आमा
तिमी निर्मम बन्दै गयौ
र एक्लै छोडेउ मेरा बा र मलाई

हो साँच्चिकै
निसर लाग्छ आमा मलाई
आजकाल मेरो जन्मघर
तिमिले बेर्ने मझेत्रो घरमै छ आमा
तिम्रा संझना दिलाउने
तिम्रा तस्वीरहरु कति पल्टाउछु
हेर्दाहेर्दै बलिन्द्रधारा
आँसु बग्छ !

अनि हेर्छु
बा घरमा एक्लै टोलाइ रहेका छन
प्रत्येक कोठा, भान्सा कौसी र अगेनामा
खोजी रहेछ्न तिम्रो साथ ।
प्रत्येक पल
तर तिमी
छैनउ आमा यो संसारमा ।

हो आमा !
म पनि निस्ठुर छु
आजकाल
टाढा छु मेरा बा भन्दा
टाढा हुदा मलाई पनि शान्ती मिल्छ
मेरी आमा घरै छिन जस्तो लाग्छ
तर होइन
आमा ! घरमा त बा मात्र छन
केवल मेरा बा

मेरी आमा !
कैयौं रात काटे मैले तिम्रो सम्झनामा
बाडुल्की लाग्दा
तिमी नै हौकी भनेर कति सम्झे कति
अँह रोकिएन कहिल्यै मेरो बाडुल्की
यो बिरानो मुलुकमा
कति पीडा सहे होला
आमा !
कहिले तिम्रो मलमरुपी स्पर्स पाएन
तर
गर्दिन आमा
अब कुनै गोनासो
इच्छा छ मलाई
यदि अर्को जुनि पनि हुन्छ भने कतै
तिम्रो कोखमा जन्मन पाँउ
तर बाचा गरौं आमा
बिचमै छोडेर जान कदापि पाउदैनेउ
अर्को पटक ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com