prachanda-madhab-bamdev

वामदेवको अझैं ढुलमुले नीति, बिहानै किन पुगे प्रचण्ड निवास ?

इन्द्रेणी संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको आन्तरिक राजनीतिमा छिनभरमै फरक फरक घट्नाक्रमहरु हुन थालेका छन् । अध्यादेश प्रकरणपछि आन्तरिक उत्तरचढाव तीव्र बनेको सो पार्टीमा नेताहरु समिकरण बदल्नेदेखि एकले अर्कालाई गलाउने र फकाउने रणनीतिमा व्यस्त छन् ।

गत बैशाख १७ गतेको सचिवालय बैठकसम्म कार्यकारी अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल समुहमा रहेका उपाध्यक्ष वामदेव गौतम एकाएक केपी ओलीको कित्तामा उभिन पुगेका थिए । तर गौतम अहिले फेरि प्रचण्ड समुहमै फर्कने प्रयासमा लागेका छन् । त्यसका लागि उनी बुधबार बिहानै प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

यसअघि ओलीको राजीनामा माग्ने उनै गौतम एकाएक उनैको शरणमा परेपछि प्रचण्ड र नेपाल समुहमा आशंका पैदा भइरहेका बेला पुनस् गौतमले खुमलटार पुगेर गल्ती महशुस गरेको उनी निकटका नेताहरुले बताएका छन् । श्रोतका अनुसार गौतमले प्रचण्डलाई फोन गरेर म भेट्न आउछु भनेका थिए । त्यसपछि विहानै प्रचण्ड निवास खुमलटार पुगेर उनले आफु ओली खेमामा लागेर गल्ती भएको भन्दै कमजोरी स्वीकार गरेका थिए ।

‘कारणबस अस्ति जे जस्तो भएतापनि मैले भावनात्मक रुपमा तपाईंहरुको साथ छाडेको छैन, म न्यायको पक्षमा छु, म पार्टीभित्र अन्यायको विरुद्धमा लडिरहनेछु’ प्रचण्डसँगको भेटमा गौतमले भनेका थिए । गौतम निकट श्रोतका अनुसार उनी प्रचण्ड निवास खुमलटारमा झण्डै आधा घण्टा बसेर फर्किएका थिए । तर गौतम ओलीको दुत बनेर गएका हुन् वा बास्तविक गल्ती महशुस गरेका हुन् भन्नेमा प्रचण्ड नेपाल समुहले अझै विस्वास गर्न नसकेको बताइएको छ ।

यसअघि गौतम ओली समुहमा लागेको भन्दै प्रचण्ड नेपाल समुहले उनको विश्वास गर्न नमिल्ने निश्कर्ष निकालेका थिए । गौतम फर्केलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष ओली भेट्न वालुवाटार पुगेका थिए ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com