kim

२० दिनपछि किम जोङ सार्वजनिक समारोहमा देखा परे

काठमाडौं, २० वैशाख । उत्तर कोरियाली शासक किम जोङ उन पछिल्लो तीन सातामा पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् ।

kimउत्तर कोरियाली सरकारी सञ्चार संस्था केसीएनएले तयार गरेको समाचारमा किम जोङले फित्र्ता काट्नुहुँदै एक उद्घाटन समारोहमा सहभागी भएको उल्लेख गरेको छ । किम प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्मित एक मलखाद उद्योगको उद्घाटन समारोहमा सहभागी भएको तस्वीर सार्वजनिक गरिएको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)का अनुसार समारोहमा किम जोङसँगै उत्तर कोरियाली उच्च अधिकारी तथा उनकी बहिनि किम यो जोङ पनि उपस्थित भएको देखाइएको छ । यद्दपी सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारको स्वतन्त्र पुष्टि भने गरिएको छैन ।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक किम सुङको जन्म वार्षिकोत्सव समारोहमा सहभागी नहुँदा उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अटकलबाजी गरिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com