kesharman budhathoki - majdur diwas

मजदुरलाई थाहा छैन के हो मजदुर दिवस ?

केशरमान बुढाथोकी
घुम्दै फिर्दै रुम्जाटार भने जस्तै आज समय उसैगरी घुम्दै आएको छ । जो बितेका बर्षहरुमा आउने गर्थ्यो । हो त्यसैगरी नै आयो फेरी अर्को अन्तराष्ट्रिय मजदुर दिवस । तर यो दिवास पनि वास्तविक मजदुरलाई थाहै नपाइ जानेछ पोहोरका बर्षहरु जस्तै ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा शुक्रबार विश्वभर १३१ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । संसारका मजदुर एक हौ, आप्रवासी श्रमिकहरुको अधिकार सुरक्षीत गर जस्ता मजदुरका हक हितका नाराहरु लिएर सुरु भएको आन्दोलनको सफलता स्वरूप स्थापित भएको मजदुर दिवस बिगतका बर्षहरुमा फरक हुने देखिन्छ ।

कारण हो विश्वमा फैलिएको कोरोना भाइरस । सधैंका अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्रा्ष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने गर्दथ्यो ।

वास्तविक मजदुरहरुलाई थाहै नदिएर सहरका तारे होटेलहरुमा आयोजना गरिने मजदुर दिवसको प्रारूप यसपाली फेरिने भएको छ । विश्वका झन्डै २०० भन्दा बढी देशहरुमा कोरोना भाइरसको सन्त्रास फैलिएपछी उ उत्सवका दिन अधिकांस देशहरुका तारेहोटेल बन्दहुने छन् । भने सुकिला कपडा लाएर मजदुर मुक्तीका लागि कुर्लिने सडकहरु खालि खालि हुनेछन ।

सामान्य अवस्थामा विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा दिएर मुक्ति दिवसका रुपमा मनाइने यस दिवसमा विश्वका अधिकांस देशहरुमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउन मै सम्पन्न हुने भएको हो ।

आज भन्दा १३० बर्ष अगाडी सन् १८८६ को मे महिनाको ४ तारीखमा अमेरिकाको सिकागो शहर को हेय मार्केटमा भएको मजदुर काण्डको संझनामा मे १ लाई श्रमिक अनि श्रम सँग समबन्धीत मुद्धाको लागी विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ । यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा मात्र काम गर्ने भन्दै गरेका थिए।

यो भन्दा अगाडी सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घन्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा यूगान्तकारी परिवर्तन ल्याएको छ र आजको वढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट शुरु गरिएको हो बिदा को दिन घरमा आरामले वसिरहँदा हप्ताको एक दिनको विदा अनि काम गर्ने समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए ।

कुनै पनि राष्ट्रको बिकास निर्माणका पहरेदारहरु मजदुर नै हुन् । मजदुर बिना कहिँ कतै कुनै बिकास निर्माण सम्भव छैन् । तर तिनै बिकास निर्माणका पहरेदारहरुलाई हेय र तुच्छ दृष्टिले हेरिनु र रोबटले जस्तै दैनिक १६र१७ घण्टा काममा लादिनु आफैमा न्यायोचित नभएकाले आन्दोलनको आदिबेहेरी सृजना हुन् पुगेको हो ।

यहि मजदुर मुक्तिको नारा लिएर आन्दोलनमा उत्रिएका मजदुर माथि ४ मे १८८६ का दिन अ्मेरिकाको शिकागो सहर को हैय बजार मा भएको बम धमाकाका कारण मजदुरहरुले आहुती दिए । र मजदुर मुक्ति आन्दोलन सफल भएपछी तिनै मारिएका मजदुरलाई साचो श्रध्दांजलि दिन अनि बिश्व भरिका मजदुर लाई एकै सुत्रमा बाध्नु यो दिवस मनाउन सुरु गरिएको हो ।

अमेरिकाको सिकागो सहरमा मजदुर हरुले आफ्नो हक को लागि लडाइँ लडने सङ्कल्पका साथ आन्दोलन सुरु गरेका थिए। त्यति बेला आम मजदुर ले १६ र १७ घण्टा काम गर्नु बाध्यता थियो। यसको मजदुर सङ्गठन ले ब्यापक बिरोध गर्दै ८ घण्टा काम र ८ घण्टा आराम गर्न पाउनु पर्छ भनि आफ्नो माग जोड्दार रुपमा पेस गरेका थिए।

सोहि माग लाई लिएर सिकागो सहर को हेय बजार मा आयोजित मजदुर र्यामलि माथि अज्ञात समुह द्वारा बम प्रहार गरिएको र सो दुखद घटना मा कयौ मजदुर सहिद हुनुका साथै केहि मजदुर घाइते पनि भएका थिए । सिकागोबाट सुरुभएको उक्त आन्दोलनको आगो बिश्व भरि फैलियो यसै आन्दोलनबाट प्रेरित भएर फ्रान्सको पेरिस सहरमा सभाको आयोजना गरियो । उक्त सभामा सबै भन्दा पहिले शिकागों शहर मा सहिद भएका मजदुर सहिद प्रती श्रद्धांजलि अर्पण गरिएको थियो ।

सन १९८९ मा पेरिस मै भएको बैठकद्वारा प्रत्येक बर्ष मे १ तारिक का दिन अन्तर्राष्ट्रीय मजदूर दिवस र श्रम दिवस को रुपमा मनाउने निर्णय गरियो ८ घण्टा काम गर्ने ८ घण्टा आराम गर्ने समय तोकिनु पर्दछ भन्ने माग गर्दै १८८६ मा अमेरिकाको सिकागोमा काम गर्ने मजदुरहरुले सुरु गरेको उक्त आन्दोलनको दिनको सम्झनामा विश्वको मजदुरहरुले अन्तर्रा्ष्ट्रिय मे दिबस मे १ तारिकका दिन मनाउदै आइरहेको छ ।

कुनैपनि राष्ट्रको बिकास निर्माणका पहरेदार मजदुरहरुलाई थाहै नदिएर मजदुरको समर्थनमा गरिने आन्दोलन तथा मुक्ति सभा सुकिला अधिकारवादीहरुको लागि तारे होटेलहरुमा गएर चियर्स गर्ने एउटा महाउत्सव मात्र हुने छ ।

यसका लागि बिभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरुले आफ्नो राष्ट्रका वास्तविक मजदुर हरुका लागि मे १ का दिन बिशेष कार्यक्रमको आयोजना गर्ने र त्यो कार्यक्रमलाई एउटा उत्सवकै रुपमा मनाउन देशभरिका मजदुरहरुलाई एकीकृत गर्न आवश्यक छ ।

वर्तमान परिवर्तित युग श्रम अनि श्रमिकको युगका रुपमा चिनिन्छ । यसै युगको शुरुवात सँगै विभिन्न कारखाना, उधोग, उत्पादन अनि विकासका नयाँ आयामको शुरुवात भएका हुन । यि उधोग अनि औधोगीकरणमा मजदुर को भुमिका महत्व पुर्ण हुन आउछ ।

त्यसैले मजदुरहरुका लागि आयोजना गरिने यी यस्ता दिवसहरुले वास्तविक मजदुरहरुका पक्षमा केहि नौला कामहरु गर्न सक्नुपर्छ । अनिमात्र मजदुरक हित हुने गर्दछ । त्यसो गर्न सकिएन भने वास्तविक मजदुरहरुलाई थाहै नदिएर मनाउने मजदुर दिवसको महत्व विश्वका विभिन्न मुलुकबाट ओझेल पर्ने कुराका लागि कुनै आइतवार पर्खनु पर्ने छैन ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com