इन्द्रेणी संवाददाता
घोराही । दाङ जिल्लाको सबैभन्दा पूरानो मण्टेश्वरी यूनाइटेड मण्टेश्वरीले अनलाइन माध्यमबाट पढाई शुरु गरेको छ । लकडाउन लम्बिदै जाँदा विद्यार्थीहरको पठनपाठनमा असर गरेपछि अनलाइन विधिबाट पढाई शुरु गरिएको विद्यालयका म्यानेजिङ डाइरेक्टर लोकबहादुर विसीले जानकारी दिनुभयो ।
‘हामीले पहिलो चरणमा ग्रेड सीका विद्यार्थीहरुलाई भिडयो कन्फ्रेन्समार्फत पढाई शुरु गरेका छौं,’ उहाँले भन्नुभयो, ‘प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरुलाई लकडाउनको अवधिमा पनि अध्यापन गराउने हाम्रो उद्देश्य हो ।’
सबै विद्यार्थीका अभिभावकहरु मार्फत ल्यापटप र मोवाइलको प्रयोगबाट अध्यापन गराईने मण्टेश्वरीका प्रिन्सिपल्ल रन्जना पछाइले जानकारी दिनुभयो । ‘हामीले राप्ती अञ्चलमै मण्टेश्वरी विधिबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘लकडाउनको जटिल अवस्थामा पनि हामी हाम्रो विद्यार्थीहरुलाई प्रविधिको प्रयोगबाट शिक्षा प्रदान गर्न चाहन्छौं ।’