received_232601881317326

लकडाउन डायरी : यस्तो छ आजकालको दिनचर्या

केशरमान बुढाथोकी
यतिबेला मानवजातिको अस्तित्वलाई नै संकट पार्नेगरी विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वका करिब दुई सयभन्दा बढी राष्ट्रलाई आक्रान्त बनाएको छ । शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने यो रोगले बिस्तारै मानिसको फोक्सोमै आक्रमण गरेर श्वासप्रश्वासमै गम्भीर असर गरेर मानिसको प्राण लिने गर्दछ । हालसम्म यसको कुनै औषधि नभेटिएको डरलाग्दो प्राणघातक कोरोना भाइरसको संक्रमणको साङ्लो तोडेर सुरक्षित हुन नेपालले यतिबेला लकडाउन गरेको छ । यही लकडाउनको समयमा कसैको दैनिकी अरुका लागि अनुकरणीय तथा प्रेरणा बनोस् भनेर विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग पत्रकार केशरमान बुढाथोकीले गर्नुभएको संक्षिप्त संवादमा आधारित लकडाउन डायरी यहाँ प्रस्तुत गरिएको छ ।

बिपुल पोख्रेल
केन्द्रीय उपाध्यक्ष नेपाल पत्रकार महासंघ

49069752_10216205394319929_1476931178832330752_o

विश्वमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला नेपालमा लकडाउन आफ्नो, परिवारको र सिंगो संसारको सुरक्षाका लागि घोषणा गरिएको हुँदा यसको पूर्ण पालना गर्दै छु । बिहान आधाघण्टा जती वाकिङ गरेर आफुलाई स्फुर्तिलो राख्ने प्रयास गर्छु ।
पत्रिका बन्द भएका कारण अनलाइन संस्करणको अपडेट गर्नमै बढी समय दिइरहेको छु । अन्य अनलाइनहरुवाट आफु अपडेट हुने गर्छु । टीभी अत्यन्त कम हेरिरहेको छु ।
संभवतः म यसरी घरभित्रै बसेको यो पहिलो पटक होला । बिभिन्न जिम्मेवारी र आफ्नो स्वभावका कारण बाहिर नै बढी व्यस्त हुने म, एकप्रकारले परिवारसंगको रमाईलो सत्संगमा पनि छु । यो वेलामा घर, करेसाबारीका काममा पनि सघाउने प्रयत्न गरिराछु ।
पढ्ने भन्दा लेख्ने काम यो बीचमा धेरै भएको छ मेरो । आफ्नो औपचारिक जिम्मेवारी बहन गर्नेसन्दर्भका भूमिकाहरु पनि घरवाटै निर्वाह गर्ने कोशिस गरिरहेको छु । देशभरका पत्रकार साथीहरु र पत्रकार महांघका संरचनाहरुसंग सम्पर्क गर्ने, केही सुझाउने, संयोजन गरिदिने र आफु अपडेट हुने काम हुन्छ ।
राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन समितिको सदस्यको हैसियतले त्यो समितिको भिडियो कन्फेरेन्समा जोडिने, देशभरको अबस्थाकाबारेमा जानकारी लिने, कसैको ध्यानाकर्षण गर्नपरेमा गर्ने जस्तो काम पनि दिनदिनै जस्तो गर्न परिरहेको अबस्था छ ।
हामी बाशिर हिड्यौं भने अरुले पनि बाहिर जानका लागि चाहना राख्दो रहेछ भन्ने लाग्यो मलाई । आफु घरमै सिमित रहने हो भने अरुहरुलाई पनि लकडाउनको पालना गर भन्न सहज हुँदो रहेछ ।

नेत्रप्रकास पाण्डेय
नेपाल कमन्युष्ट पार्टी माले केन्द्रीय सदस्य तथा जिल्ला सचीव

73109043_514813525745223_2515070842094747648_o

अहिले कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भएको छ । विश्वका अधिकांस मुलुकमा यसको संक्रमण देखिएको छ । यसैबेला नेपाल पनि कोरोनाको संक्रमण देखिएको छ । जसका कारण नेपाल सरकारले नेपालमा लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन घोषणा गरेयता मेरो पनि सबैको जस्तै दैनिकीमा परिवर्तन आएको छ । नेपालमा हाल सम्म ३१ जना मानिसमा यसको संक्रमण देखिएको छ । म सधैं जस्तो बिहान ५ देखि ६ बजेको बिचमा उठ्ने गर्दछु । उठेर नित्यकर्म पछी घरमै सामान्य शारीरिक ब्यायाम गर्दछु । अनि चिया पिएर टेलिभिजन र अनलाइनहरुमा समाचार हेर्ने गर्दछु । जताततै कोरोना भाइरसका कारण विश्व नै ठप्प भएकाले कोरोना सम्बन्धि समाचारहरु नछुटाई पढ्ने गरेको छु ।
नेपालमा लकडाउन भनेपछि सबै नागरिक सुरक्षित साथ् आफ्नै घरमा बस्ने भएकाले मा पनि घरमै छु । परिवार संग रमाउने अवसर पनि पाइएको छ । कहिलेकाही खाना पकौनेकाममा पनि सहयोग गर्दछु । अनि करेसाबारी तिर तरकारी लगाउने काम पनि गरेकोछु । बिहानै देखि पार्टीका नेताकार्यकर्ताले फोन गर्नुहुन्छ । भान्सा रोकिएका मजदुरवर्गलाई राहतको ब्याबस्था गरिदिन आफ्ना पार्टीका कार्यकर्तालाई फोनबाटै परिचालन गरेको छु ।
जहाँ समस्या परेको भन्दै फोन आउछ त्यहाका जनप्रतिनिधिहरुलाई सम्पर्क गरेर तत्काल समस्या समाधान गरिदिन आग्रह गरेको छु । यो भाइरस कतिसम्म रहन्छ भन्ने कुनै एकिन नभएपनि अझै पछिल्ला दिनहरुमा आउन सक्ने सम्भावित समस्या र समाधानका उपायका बारेमा पार्टीको केन्द्रीय समिति संग नियमित सम्पर्क गर्ने गरेको छु । र अन्तमा विश्व जगतकै मेडिकल बिज्ञानको चुनौती बनेको यो रोगबाट जोगिन सबैलाई सुरक्षित साथ आफ्नै घरमा बस्न अनुरोध गर्दछु ।

सपना पाण्डेय
अध्यक्ष लमही जेसिज

91417098_1565480876944324_1422158427274084352_o

यतिबेला विश्व कोरोना भाइरसका कारण आक्रान्त बनेको छ । बिगत लामो समय देखि नेपालमा भएको लकडाउनका कारण नेपाल पनि ठप्प छ । सबै मान्छेहरु जस्तै म पनि घरमै लकडाउनको पालना गैरहेकी छु । जताततै कोरनाको–त्रासले आक्रान्त भएकाबेला म घरमै बसिरहेकी छु । सबैको झैँ मेरो पनि आजकल दैनिकीमा परिवर्तन आएको छ ।

लकडाउन नहुँदैको समयमा घरको संगै बाहिरको जिम्मेवारी पनि आफै सम्हाल्नुपर्ने हुन्थ्यो । अहिले मा घर परिवार संग घरमै बसिरहेकी छु । बिहान संधै साढे ५ बजे उठ्ने गर्दछु । उठेर नित्यकर्म पछी पूजापाठ गर्ने गर्दछु । अनि घरमा आएर चियाखाजा बनाएर परिवारलाई खाना दिने र आफुले पनि खाने मेरो दैनिकी नै हो । त्यसपछि विभिन्न अनलाइनहरुमा सामाचार हेर्छु ।

टेलिभिजन पनि हेर्ने गरेको छु । लगतै खाना बनाउने अनि आराम गर्ने साथीहरु संग सामाजिक संजाल र टेलिफोनहरुमा कुराकानी गर्ने हुन्छ । अनि दिउसो तिर खाजा बनाएर खुवाउने खाने केटाकेटी संग रमाउने नै मेरो दैनिकी हो । आफैमा जेसिज जस्तो सामाजिक संस्थाको अध्यक्ष हुनुको नाताले कहिलेकाही साथीहरुले फोन गरेको र कहिँ कतै कोहि समस्यामा परेको थाहा पाए राहत संकलन गरेर वितरण गर्न जानेकाम पनि गरेको छु ।

अनि साँझपख फेरी खाना पकाउने खाने टेलिभिजन हेर्ने यसैगरी नै मेरा पनि समयहरु बितिरहेका छन् । अन्त्यमा कोरोना भाइरसको संक्रमणले विश्वका ठुला ठुला देशहरुलाई नै आक्रान्त गराईरहेको बेला सबैलाई लकडाउनको पूर्ण पालना गर्न अनुरोध गर्दछु र सबैको सुस्वास्थ्यको कामना गर्दछु ।

दिपक न्यौपाने
युवा व्यावसायी

92938993_515959935749484_1440533761950220288_n
हाल बिश्वभर फैलिरहेको कोभिड १९ को संक्रमणबाट नेपाल समेत प्रभावित बनेको छ । यो रोगबाट बच्नका निम्ति नेपाल सरकारले एक मात्र उपाय लकडाउन घोषणा गरेको छ । हाल सम्म कोरोनाको औषधि पत्ता लागेको छैन । बिश्वमा पहिलो , दोस्रो बिश्व युद्ध भयो तेस्रो युद्धको रुपमा कोरोना भाइरस देखा परेको अवस्था छ । यसबाट जोगिन भन्दै नेपाल सरकारले घोषणा गरे अनुसार “आफू पनि बाचौ र अरु लाई पनि बचाउ” भन्ने अभियानको पूर्ण समर्थन गर्दै पुर्ण रुपमा लकडाउनको पालना गर्दै आफ्नो घर भित्र बसेर घर कै काम मा ब्यस्त छु ।

संधै जसो म बिहान ४ बजे नै उठ्छु । नित्यकर्म सकेर योग सम्बन्धि सम्पुर्ण कृयाकलाप गरिसक्दा साढे ५ भएको हुन्छ अनि म घरको छतमा जान्छु । हाम्रो धर्म नगर टोल अरु टोलहरु भन्दा केहि फरक भएकाले विभिन्न किसिमका गित बजाई आ आ(आफ्नो घरकी छ्तमा नाजगान गर्ने क्रममा म पनि उहाँ सङै नाच्ने गरेको छु र यो कोरोना ले म लाई नाच्न पनि सिकायो ।

त्यस पछि चियाको रुपमा जडिबुटी लहरे गुर्जो सहित को चिया खाने गरेको छु । आयुर्वेदिक औषधि मा लहरे गुर्जोलाई राजा मानिन्छ र यस ले मान्छे मा रोग सङ लड्ने क्षेमता अभिबृधि गर्दछ । यस क्रममा घर मा गर्नु पर्ने काम हरु गरेर आमा लाई सहयोग गरिरहेको छु । दिन भरी को समय मा ल्यापटप र मोबाइल मेरा नजिकका साथी बनिरहेका छ्न ।

जब साझ को ५ बच्छ अनि फेरि छ्त मा गयर भजन सम्बन्धि गितहरु बजाई टोलका आफन्तीहरुसङ नाच्ने गरेको छु । यसले निश्कृय भयको शरीरलाई गतिशील बनाउन सहयोग गरेको छ । यहि अनुसार घर मै बसि समय कटाउने गरेको छु । कोरोना को संक्रमण रोक्नका लागि सरकार ले आह्वान गरेको लकडाउन सङ सम्बन्धित निर्देशन हरु को पालना गर्न सबै मा अनुरोध गर्दछु ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com