tarawar-sahit-pakrau

दाइको हत्या गरि फरार भएका भाइ पक्राउ

इन्द्रेणी संवाददाता
कुटपिट गरेर आफ्नै दाइको हत्या गर्ने भाइलाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य घरायसी विवादका कारण दाइलाइ निर्घात कुटेपछी दाइको मृत्यु भएपछि जंगलमा लुकेर बसेका भाइलाई प्रहरीले पक्राउ गरेको हो ।
दाइको हत्या अभियोग लागेका राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोला निवासी २३ वर्षीय जसराम कामीलाइ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

निज कामीले केही दिन अगाडी ३२ वर्षीय आफ्नै दाइ प्रेम कामीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।

दाइको मृत्यु भएपछी भाइलाइ जंगलमा लुकेर बसको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठोरले जानकारी दिए ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com