FB_IMG_1585409500713

बंगलाचुलीद्वारा २५ बेडको क्वारेनटाईन स्थापना

इन्द्रेणी संवाददाता
दाङको बंगलाचुली गाउँपालिकाले २५ बेडको क्वारेनटाईन स्थापना गरेको छ । गाउँपालिका भित्र कोभिड–१९ को आसंका लागेका विरामीहरुलाई राख्नको लागि क्वारेनटाईनको स्थापना गरेको हो ।
गाउँपालिकाले वडा नं.४ को झुलिडाँडामा रहेको एकृत नमुना बस्तीमा क्वारेनटाईन स्थापना गरेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भएको छ । अध्यक्ष वलीका अनुसार गाउँपालिकाले क्वारेनटाईनमा बस्नेहरुको लागि खाने, वस्ने र औषधी उपचारको व्यवस्था मिलाएको छ ।

गाउँपालिकाले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) सहित २ जना स्वास्थ्यकर्मी खटाउने भएको छ ।भने सुरक्षाकर्मीको पनि प्रवन्ध मिलाएको अध्यक्ष वलीले बताउनु भयो ।

अध्यक्ष वलीले कोभिड-१९ बाट उत्पन्न महामारी नियन्त्रण गर्न सबैको सामुहिक साझेदारीको आवश्यकता रहेको भन्दै यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नका लागि अपिल गर्नु भएको छ ।साथै अध्यक्ष वलीले गाउँपालिकावासीलाई लकडाउनको अवधीभर गाउँघरमा,भिडभाड गर्ने,हिडडुल गर्ने,एकआपसमा भेटघाट गर्ने कामलाई पुर्णरुपले बन्न गर्न अनुरोध गर्नु भएको छ ।

यसैविच अध्यक्ष वलीले गाउँपालिकाले अति विपन्न परीवारका लागि खाद्यन्नको समेत व्यवस्था मिलाएको जानकारी गराउनु भयो । वलीले लकडाउनको अवधिभरी गाउँपालिका भित्रका अति विपन्न परिवारलाई खाद्यन्नको समस्या परे गाउँपालिकालाई सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।
___________________________
विपद्को समयमा सहयोगको अपिल
___________________________
यसैविच बंगलाचुली गाउँपालिकाको कार्यालयले विपद्को समयमा सबैलाई सहयोगको अपिल गरेको छ । गाउँपालिकाले देश तथा विदेशमा रहेका व्यक्ति तथा संघ संस्थाहरुलाई आफ्नो गक्षअनुसारको सहयोगको आह्यवान गरेक हो ।

सहयोग गर्न चाहानेहरुका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोषको नाममा खाता खोलिएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव वहादुर वलीले जानकारी दिनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत वलीले सिटसजन्स् बैंक ईन्टरनेस्नल लिमिटेड बंगलुचली शाखामा रहेको खाता नं. 0670100000390201 मा सहयोग रकम जम्ममा गरिदिनुहुन अनुरोध गर्नु भएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com