FB_IMG_1585401917699

कोरोनाको संक्रमण हुन नदिन वडा बाहिरबाट आएकाको तथ्यांक संकलन

देविराम कुसारी
फुलवारी, १५ चैत्र । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको वेला तुलसीपुर उप–महानगरपालिका १३ का विभिन्न वस्तीमा २४ जना भन्दा वढी व्यक्तिहरु विदेशवाट आएका अनुगमनको क्रममा फेला परेका छन् ।
कोरोना भाइरसको संक्रमण नेपाल भित्रिए पछि यसको महामारी वाट वच्न सरकारले लक डाउनको निर्णय गरेयता विदेशवाट आएका व्यक्तिको तथ्यांक लिन सुरु गरिएको हो ।

महामारी फैलिन नदिन दाङमा पनि विभिन्न सचेतना तथा सजकता कार्यक्रम आपनाए पछि तुलसीपुर १३ मा पनि १० दिन एता विदेश वा अन्य स्थानबाट आएका व्यक्तिको तथ्यांक दिन थालिएको सुरक्षा समितिका अध्यक्ष एंव वडा अध्यक्ष डम्वरबहादुर न्यौजानेले जानकारी दिनुभएको छ ।
अनुगमनका क्रममा १३ नम्वर वडाको बखरियामा भारतबाट सात जना, काठमाण्डौंबाट दुई जना, ढकनामा भारतबाट ५ जना आएको पाइएको छ । त्यसैगरी वडाको मझघटुवा दुवै थाइल्याण्ड वाट एक जना,साउदी अरव वाट एक जना, टुकलालीडाँडाँमा साउदी अरव वाट एक जना, कतार वाट एक जना र भारत वाट दुई जान दश दिन एता गाउमा भित्रिएका इलाका प्रहरी कार्यालय फुवारीका प्रमुख खड्गाबहादुर बुढाले जानकारी दिनुभएको छ ।

वडाको बाख्रेमा भारत वाट एक जना, धप्कलेडाँडाँमा भारत वाट एक जना, सिमलखुटीमा साउदी अरव वाट एक जना, साझखुटीमा भारत वाटदुई जना व्यक्ति कोरोना सक्रमणको समयमा आएको अनुगमनका क्रममा फेला परेको समितिका सदस्या सचिव विनोद पाण्डेले जानकारी दिनुभएको छ ।

संक्रमणको समयमा गाउँमा भित्रिएका व्यक्तिको नाम वतन सहित निगरानिमा राखेको तर सुरक्षीत क्वारेन्टाइनमा लैजाने व्यवस्था नभएको सचिव पाण्डेले जानकारी दिनुभएको छ । यसरी विभिन्न स्थान वाट भित्रिएका व्यक्तिलाई क्वारेन्टाइनमा नराख्दा स्थानियमा त्रास बढेको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com