IMG_9657 (1)

राप्तीमा २५ बेडको क्वारेन्टाइन, तीन बेडको आइसोलेशन केन्द्र

देउखरी । दाङ जिल्लाको राप्ती गाउँपालिकाकाले प्रारम्भिक चरणमा कोरोना भाइरसको जोखिम रोक्न दुई स्थानमा २५ बेडसहितको क्वारेन्टाइन र तीन बेडको आइसोलेशन केन्द्र तयार गरेको छ ।

IMG_9657 (1)राप्ती गाउँपालिका क्षेत्रमा बाहिरी जिल्ला तथा विदेशबाट आएका वा स्वदेशमै रहेर कोरना संङक्रमणको सम्भावना रहेकालाई सुरक्षित राख्दै भाइरसको जोखिम रोक्नका लागि लालमटियास्थित एरावती आदर्श बहुमुखी क्याम्पसमा १६ बेड तथा श्री सर्बोदय माध्यामिक विद्यालय सिसहनियामा ९ बेड गरी २५ बेडसहितको क्वारेन्टाइन र सिसहनिया स्वास्थ्य चौकीमा तीन बेडको आइसोलेशन केन्द्र तयार गरिएको राप्ती गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

शुक्रवार नेपाल सरकारको मान्यतालाई आत्मसाथ गर्दै राप्ती गाउँपालिकाले प्रारम्भिक चरणमा २५ बेड सहितको क्वारेन्टाइन र तीन बेडको आइसोलेशन केन्द्र तयार गरिएको हो । यसलाई आवश्यकता अनुसार क्षमता बृद्धि गर्ने पनि गाउँपालिकाले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com