korona

प्यूठानमा ११८ बेडको क्वारेन्टाइन तयार

प्यूठान, १४ चैत । प्यूठानका नौ ओटै स्थानीय तहले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आ– आफ्नो पालिकामा क्वारेन्टाइन निर्माण गरेका छन् । जिल्लाभरी हालसम्म ११८ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।

koronaजिल्ला बिपद व्यवस्थापन समितिको निर्णय अनुसार सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याएका हुन् । जसअनुसार प्यूठान नगरपालिकाले १० वेडको क्वारेन्टाइन निर्माण गरेको छ भने नगरका १० ओटै वडामा पनि क्वारेन्टाइन निर्माण गर्ने तयारी भइरहेको छ ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकाले ३ ,ऐरावती गाउँपालिकाले ४, माण्डवी गाउँपालिकाले १०, झिमरुक गाउँपालिकाले ५, सरुमारानी गाउँपालिकाले १० वेडको क्वारेन्टाइन निर्माण गरेका छन् भने इन्द्रध्वज गण खलंगा र प्यूठान नगरपालिकाले गणतान्त्रिक खेलकुद मैदानमा ५० वेडको क्वारेन्टाइन निर्माण गरेका छन् ।

खेलकुद मैदानमा हेल्प क्याम्पसहितको क्वारेन्टाइन निर्माण गरिएको इन्द्रध्वज गणले जानकारी दिएको छ अभियानमा खबर छ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com