karnali-pradesh

कोरोना नियन्त्रण अभियान थप प्रभावकारी बनाउने

सुर्खेत,१३ चैत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने भएको छ ।

karnali-pradeshविहिवार विहान मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त वैठक वसी हालसम्म भएका कामको समीक्षा गर्नुको साथै आगामि दिनमा प्रतिकार्यको कामलाई तिव्र र प्रभावकारी वनाउने निर्णय गरेको हो ।

वैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको सामाधान सरकारको तात्कालिन प्राथमिकतामा रहेको वताउदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि वढाउन निर्देशन दिए ।

विपद व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपुर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय वनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी वनाउन पनि निर्देशन दिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com