tatopani-naka

चीनतर्फका नाका खोल्ने सरकारको निर्णय

काठमाडौं, १३ चैत । चीनमा कोरोना संक्रमण देखिएपछि बन्द भएका चीनतर्फका नाकाहरु सरकारले खुल्ला गर्ने निर्णय गरेको छ । चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको हो ।

tatopani-nakaस्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी गृह मन्त्रालय र सरकारले अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने गरी नाका खोल्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोरोना (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com