20200325_113813

‘लक डाउन’ प्रभावकारी बन्दै

इन्द्रेणी संवाददाता
दाङ, १३ चैत । कोरोना भाइरस फैलना नदिन सरकारले आह्वान गरेको लकडाउनको तेस्रो दिन सर्वसाधारणहरुले पालना गरिरहेको छन् । लकडाउन जनताकै सुरक्षाका लागि भएकाले यो प्रभावकारी बन्दै गएको हो । आज तेस्रो दिन दाङसहित मुलुकका बजारहरु सुनसान छन् । बजारमा अत्यावश्यक व्यवसाय वाहेक अरु सबै बन्द अवस्थामा छन् ।

20200325_113813अत्यावश्यक सावारीका साधनावाहेक अरु सबै ठप्प छन् । नेपालमा पनि कोरोनाको संक्रमण देखिएपछि चैत १० गतेदेखि १८ गतेसम्म नेपाललाई लकडाउन घोषणा गरेको थियो । केही स्थानमा लकडाउनको अवज्ञा गरेको भन्दै केही व्यक्ति र सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही समेत गरेको छ ।

लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेत परिचालन गरिएको छ । नेपालमा अहिलेसम्म ६ सय बढीको नमुना परिक्षण गरिएको छ भने अहिलेसम्म ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको उपचार भइरहेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com