90464459_2937982089603499_3812380411229634560_n

दाङमा ‘लक डाउन’ लाई अटेरी गर्ने २५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

इन्द्रेणी संवाददाता
दाङ, १२ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि सरकारले आह्वान गरेको ‘लक डाउन’ लाई उलंघन गर्ने २५६ वटा सवारीका साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

90464459_2937982089603499_3812380411229634560_n लकडाउनको दोस्रो दिन जिल्लाका विभिन्न स्थानबाट वस ७, टेक्टर ६, ट्रक १४, जेसिभी १, जिप कार १३, अटो ७, मोटरसाइकल १८९ र स्कुटर १९ वटा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले जारी गरेकोआदेशलाई अटेर गर्ने ३ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com