eee

कोरोना आशंकाका विरामी बढेपछि चार प्रयोगशाला थपिए

काठमाडौं, ११ चैत। कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामी बढ्न थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ९ सय नमुना परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरेको छ ।

eeeप्रयोगशालाले ४ वटा ल्याब थप गरेको जनाएको छ । यसअघि प्रयोगशालामा एउटा ल्याबबाट मात्रै नमुना परीक्षण हुने गरेको थियो । अब ५ वटा ल्याब भएसँगै कार्यसम्पादन गर्न सहज हुने प्रयोगशालाले जनाएको छ ।
यसैबीच सोमबार संकलन भएका ५० नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६० वटा नमुनाको परीक्षण भइरहेको छ । कोरोना भाइरसको आंशकामा हालसम्म ६ सय ६० वटा नमुना परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । रातो पाटीबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com