90464459_2937982089603499_3812380411229634560_n

सरकारको आदेश नमान्ने ३५० सवारीसाधन प्रहरी नियन्त्रणमा

इन्द्रेणी संवाददाता
दाङ, ११ चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलना नदिन भन्दै सरकारले आज विहान ६ बजेदेखि घोषणा गरेको लकडाउन आदेशलाई उलंघन गर्ने ३५० सवारीसाधनलाई दाङ प्रहरीले विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

90464459_2937982089603499_3812380411229634560_nजिल्लाका विभिन्न स्थानबाट साना ठूलय गरी ३५० वटा सवारीका साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जसमा ३६ ट्रक, १० जिप, ७ टेक्टर, १३ साना गाडी, १० हटो, २७३ मोटरसाइकल र १ वस रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले पनि एक सूचना जारी गर्दै सरकारको आदेश पालना गर्न आग्रह गरेको थियो । विशेष कारणले सवारी चलाउन परेमा प्रशासन कार्यालयबाट अनुमति लिएर  मात्रै चलाउन आग्रह समेत गरेको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com