sworgaduari

स्वर्गद्वारीमा पूजा गर्न रोक

प्यूठान । प्यूठान जिल्लामा रहेको को प्रमुख धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारी मन्दिरमा शनिवारदेखि पूजाआजामा प्रतिबन्ध लगाइएको छ ।

sworgaduariविश्वभरी फैलिएको कोरोना भाइरस महामारीको प्रकोपबाट सावधानी अपनाउन उक्त मन्दिरमा सर्वसाधारणहरुका लागि पूजाआजा गर्न रोक लगाएको स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारले सभा सम्मेलन, बढी भिडभाड हुने स्थान, मन्दिर, बिद्यालय, अस्पताल, सपिङ्ग मल लगायतका क्षेत्रमा नजान निर्देशन दिएपछि आश्रमले पनि पूजाआजा गर्न रोक लगाएकोे हो ।

स्वर्गद्वारीमा आन्तरिक तथा भारतीय तीर्थयात्रा बढी आउने गरेका छन् । भारतमा कोरोना भाइरस तिब्र रुपमा फैलिदै गएको छ अभियानमा खबर छ। विशेषगरी स्वर्गद्वारीमा भारतीय पर्यटक बढी आउने भएकाले कोरोना संक्रमण हुने हुदाँ पूजाआजामा प्रतिबन्ध लगाइएको अधिकारीको भनाइ छ ।

‘सरकारले धार्मिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ’ उनले भने, ‘मन्दिरमा भीडभाड हुने भएकाले सर्बसाधारणलाई पूजा गर्न रोक लगाएका हौै ।’

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com