slc-students1

भोलीदेखि शुरु हुने भनिएको एसईई परीक्षा स्थगित

काठमाडौं, ५ चैत। विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैंलदै गएको भन्दै सरकाले नेपालमा पनि अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ ।

slc-students1आज बुधवार उप्रप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिंडडुल नगर्न आह्वान गरेको हो ।

बैठकले सार्वजनिक महत्वको स्थान जस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक स्थल र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने निर्णय गरेको छ भने आगामी ३० अप्रिलसम्म सिनेमा हल, जिम र डान्सबार पनि बन्द गर्ने निर्णय गरिएको छ ।

भोली चैत ६ गतेबाट सञ्चालन हुन गइरहेको एसईई परीक्षा स्वास्थ्य जाँच सहितको स्वास्थ्य डेस्क स्थापना गरी सुरक्षित र व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेकोमा बैठक बसेको केही समयमै आफ्नो निर्णय परिवर्तन गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com