IMG_9315

राप्ती गाउँपालिकामा कोरोनाबाट वच्न जनचेतना कार्यक्रम

तिर्थराज ज्ञवाली
देउखुरी, ४ चैत ।दाङको राप्ती गाउँपालिकामा विश्व ब्यापी रुपमा समस्याको रुपमा बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न र बचाउनका लागि अभियान सुरु गरिएको छ । राप्ती गाउँपालिकाको विपद ब्यवस्थापन समितिको बैठकले पुर्ण सतर्कता अपनाउन विभिन्न अभियान सुरु गरेको हो ।

IMG_9315विपद ब्यवस्थापन समिति संयोजक बेदप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि उपायहरुको खोजी गरेको छ । कोरोना भाइरस केहो, यसको लक्षण, लाग्न सक्ने सम्भाब्यता, सर्ने तरिका, लागेमा के हुन्छ, बच्न गर्नु पर्ने उपायका वारेमा सर्बसाधारण सम्म जानकारी पुग्ने गरी अभियानको सुरुवात गर्ने निर्णयका साथ कार्यान्वय समेत सुरु गरेको छ ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागी गाँउगाउँमा माईकिङ गर्ने, पर्चा पम्पलेट वितरण गर्ने, जनप्रतिनिधि, कर्मचारी मार्फत नागरिकमा जानकारी सन्देश फैलाउने, आम नागरिकले पटक पटक र कार्यालयममा प्रबेश गर्दा राम्रोसंग साबुनपानीले हात धोएर पस्ने, सुरक्षित मास्क लगाउने, आदर भावका लागि हात नमीलाई नमस्कार गर्ने, तातो र सफा खानेकुरा खाने, प्रसस्त तातो पानी पीउने, यदि रुघाँ कासो लागेमा ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्थामा जाने लगायतका क्रियाकलाप कार्यान्वय गर्ने र गराउने निर्णय गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com