ppk

प्रदेश २ को नामाका लागि मतदान शुरू

जनकपुर, ४ चैत । सहमतिमा प्रदेश नम्बर २ को नामा नजुरेपछि प्रदेशसभामा मतदान शुरु भएको छ । पाँचवटा दलको प्रतिनिधित्व रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा नामाकरणका लागि चार नामा प्रस्ताव दर्ता गराइएको छ ।

ppkअहिले नेकपाले राखेको जानकी प्रदेशका लागि मतदान शुरू भएको र यो प्रस्तावमा दुई तिहाई मत प्राप्त नभए दोस्रो प्रस्तावका लागि पुनः मतदान हुनेछ ।

सत्तापक्षीय समाजवादी पार्टी, नेपाल र राजपा नेपालले प्रदेशको नाम ‘मधेश’ हुनुपर्ने प्रदेश सभामा प्रस्ताव दर्ता गराएको छ । प्रमुख प्रतिपक्षी नेकपाले प्रदेश २ को नाम ‘जानकी’ प्रदेश हुनुपर्ने प्रस्ताव गरेको छ भने प्रतिपक्ष दल काँग्रेसले ‘मिथिला भोजपुरा’ र सत्तापक्षकै केही प्रदेशसभा सदस्यले ‘मध्य मधेश’को प्रस्ताव दर्ता गरेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com