petrol-e1456919970555-600x330

भारतीय बजारमा पेट्रोलको मूल्य घट्यो

दिल्ली, २ चैत । भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । आइतवार मध्य रातीदेखि लागू हुने गरि सरकारी तेल कम्पनीहरुले पेट्रोल र डिजेल दुबैको भाउ घटाएको हो ।

petrol-e1456919970555-600x330विश्व बजारमा कच्चा तेलको भाउ घटेकै बेलामा इन्धनमा बढाइएको अन्तः शुल्कको वृद्धि सोस्न पेट्रोल र डिजेलको भाउ प्रतिलिटर क्रमश स् १२ पैसा र १४ घटाइएको छ ।

यससँगै दिल्लीमा प्रतिलिटर पेट्रोल ६९ रुपया ७५ पैसा र डिजेल ६२ रुपया ४४ पैसा कायम भएको सरकारी तेल कम्पनीहरुले जारी गरेको सूचनाले देखाएको छ । भारतभर दिल्लीमा इन्धनको भाउ सबैभन्दा कम छ ।सरकारले शनिवारदेखि लागू हुने गरी प्रतिलिटर इन्धनमा ३ रुपया अन्तःशुल्क बढाएको छ ।

अन्तःशुल्कमा गरिएको वृद्धिबाट उपभोक्तालाई पर्ने मार कम गर्न आफूहरूले खुद्रा मूल्य घटाएको सरकारी तेल कम्पनीले बताएका छन् । डिजेल र पेट्रोलमा गरिएको अन्त स् शुल्क वृद्धिबाट सरकारी राजस्व ३ खर्ब ९० अर्ब रुपया बढ्ने अनुमान गरिएको छ ।

सरकारले पेट्रोल र डिजेलमाथिको सडक कर पनि प्रतिलिटर १ रुपया बढाएर १० रुपयामा पुर्‍याएको छ । विश्व बजारमा कच्चा तेलको भाउमा आएको कमीसँगै सरकारले सन् २०१४ को नोभेम्बर देखि सन् २०१६ को जनवरीको बीचमा पेट्रोल र डिजेलमा ९ पटक अन्त स् शुल्क बढाएको थियो । रासस/पीटीआई

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com