aa

मेचीकालीमा अभिभावकलाई ‘सकारात्मक सोच’ अभिमुखीकरण

इन्द्रेणी संवाददाता
दाङ, १७ फागुन । घोराहीको मेचीकाली सेकेन्डरी बोर्डिङ स्कूलले आफ्ना अभिभावकहरुलाई सकारात्मक सोच विषयमा अभिमुखीकरण एवं प्रशिक्षण दिएको छ ।

aaबालबालिकाहरुको पहिलो पाठशाला घर भएको र त्यसमा पनि उनीहरुलाई निकट भविश्यमा कस्तो बनाउने भन्ने विषयमा अभिभाकहरुको महत्वपूर्ण भूमिका हुने भन्दै त्यसका लागि आफ्ना बालकालिकाहरुप्रति सकारात्मक सोचको विकास गर्नुपर्ने आवश्यकता रहेकाले यस्तो अभिमुखीकरणको आयोजना गरिएको हो । ‘कलिला बालबालिका काचोँ माटो हुन उनीहरुलाई कस्तो बनाउने भन्ने पहिलो भूमिका उनीहरुकै अभिभाकको हुन्छ’, स्कूलका प्रिन्सिपल चक्रबहादुर रावतले भने, ‘वर्तमान समयमा यसमा अभिभाकले बालबालिकाप्रति सकारात्मक सोच राख्न जरुरी छ ।’

85146463_503403390611698_4569272056738217984_nकार्यक्रममा पोजेटिभ भाइब्रेसन नेपालका मनोपरामर्शदाता प्रितम पौडेलले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा पछिल्लो समयमा अभिभावकले आफ्ना बालबालिकाप्रति गरिएका व्यावहारहरु समाचारकै विषय बन्ने गरेको उल्लेख गर्दै बालबालिकालाई नकारात्मक सोच, गालीगलौजभन्दा पनि मायाममता र सकारात्मक सोचले उनीहरुको मन जित्न सकिने बताए ।

बालबालिकाको मनोविज्ञान बुझेर उनीहरुलाई सकारत्मक रुपमा सुझाउन सकिएमा उनीहरु राम्रो कामतर्फ उन्मुख र उत्सुक हुने प्रशिक्षक पौडेलको भनाइ थियो । प्रशिक्षण कार्यक्रममा स्कूलका शिक्षक, शिक्षिका, अभिभावक गरी करीव २ सय बढीको सहभागीता थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com