cpu

परिमार्जनपछि मात्रै एमसिसी अनुमोदन

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०लाई संसद्बाट चा“डो अनुमोदन गर्ने पक्षमा रहे पनि सत्तारुढ दल नेकपाको पछिल्लो ‘पोजिसन’ले लम्बिने भएको छ । शनिबार बसेको सचिवालय बैठकमा अध्ययन कार्यदलको ‘ब्रिफिङ’ सुनेपछि नेकपाका शीर्ष नेताहरू एमसिसी यथास्थितिमै पास नगर्ने निष्कर्षमा पुगेका छन् ।

cpuबैठकको सुरुवातमा अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनका मुख्य विषयवस्तुबारे सदस्यहरूलाई जानकारी दिएका थिए । त्यसपछि दुवै अध्यक्षसहित सचिवालयका सदस्यहरूबीच यथास्थितिमै एमसिसी अनुमोदन नगर्ने सहमति बनेको हो । तर, यसबारे औपचारिक निर्णय भने अर्को बैठकबाट हुने सचिवालयका एक सदस्यले नयाँ पत्रिकालाई बताए । योसँगै एमसिसी अनुमोदनमा ढिलाइ हुने भएको हो ।

कार्यान्वयनका लागि संसद्बाट सम्झौता अनुमोदन गर्नुपर्ने एमसिसीको सर्त छ । ३० असारमा नै यससम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । तर, नेकपाभित्रको विवादले यो प्रस्ताव अनुमोदनका लागि संसद्मा टेबुल हुन सकेको छैन । कार्यदलको निष्कर्ष र सचिवालयमा देखिएको तस्बिरले एमसिसी अनुमोदन थप ढिलाइ हुने प्रस्टै भएको छ ।

संसद्मा टेबुल हुनुअघि एमसिसीको परिमार्जन हुनुपर्ने बलियो मत नेकपामा बन्दै गएको छ । ‘कार्यदलका संयोजकले अध्ययन प्रतिवेदनबारे जानकारी दिनुभयो । त्यसमा रहेका केही आपत्तिजनक विषयबारे स्पष्ट गर्ने काम भयो । त्यसपछि सबै नेता यथास्थितिमा यसलाई पारित नगर्ने भन्नेमा पुगेका छौँ । तर, औपचारिक निर्णय अर्को बैठकमा होला,’ सचिवालयका एक सदस्यले भने । नयाँ पत्रिकाबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com