krishna bdr mahara 960

मतदाता भेट्न महरा दाङ आउने

इन्द्रेणी संवाददाता
पूर्वसभामुख कृष्णबहादुर महरा आफ्ना मतदातालाई भेट्न दाङ आउने भएकाछन ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी भएपछी प्रत्येक महिना मतदातालाई हेट्न दाङ आउने महरा विभिन्न षड्यन्त्रमा कारण प्रहरी हिरासतमा रहेकाले झण्डै ४ महिना दाङ आएका थिएनन ।

सम्मानित अदालतबाट निर्दोष सावित भएर सफाइ पाएका महरा मतदातासंग भेटेर आफ्ना कुरा राख्न आतुर भएकाले अदालत बाट सफाइ पाए लगतै दाङ आउन लागेका हुन ।

दाङ आएर झण्डै एक हप्ता आफ्ना मतदाता संग साक्षात्कार गर्ने महराको सचिवालयले बताएको छ ।

पुर्व सभामुख महरालाई मतदाता तथा दङ्गाली जनताले दाङको भालुबाङमा भव्या स्वागत गर्ने छन भने दाङका विभिन्न स्थानमा १२ गते नै उनको भव्य स्वागत हुने मतदाताले जनाएका छन ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com