20200221_195812

विभिन्न क्षेत्रमा योगदान पुर्याउने चार जनालाई दाहाल प्रतिष्ठानद्वारा सम्मान

दाहाल प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने दाङका चार जनालाई सम्मान गरेको छ । जसअनुसार अम्बिकादेवी पदमप्रसाद दाहाल पत्रकारिता पुरस्कारबाट नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी दाहाल, पण्डित जानकी बल्लव दाहाल साहित्यिक पुरस्कारबाट साहित्यकार कमलमणि देवकोटा, हरिप्रसाद गौरादेवी दाहाल लोकसांस्कृतिक पुरस्कारबाट लोकसांस्कृतिकर्की चन्द्रप्रसाद थारु र हरिप्रसाद गौरादेवी दाहाल लोकसंगीत पुरस्कारबाट लोकसंस्कृतिकर्मी भुवन गन्धर्वलाई सम्मान गरिएको थियो ।

दाहाल प्रतिष्ठान केन्द्रीय समितिको निर्णयअनुसार उहाँहरुलाई प्रतिष्ठानको ५ नम्बर प्रदेश अधिवेशनको अवसरमा सम्मान गरिएको हो ।

यसैबीच दाहाल प्रतिष्ठान प्रदेश नम्बर ५ को प्रथम अधिवेशन दाङमा सम्पन्न भएको छ ।
घोराही १० नारायणपुरमा भएको अधिवेशननले नुमाकान्त दाहालको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लोकमणि दाहाल, भीमबहादुर केसी दाहाल र बिष्णुप्रभात दाहाल, सचिव गणेशप्रसाद दाहाल, सहसचिव विनायक दाहाल र कोषाध्यक्ष विनोद दाहाल रहनुभएको छ ।

अधिवेशनबाट ४१ जना निर्वाचित हुनुभएको थियो भने पहिलो बैठकले दश जना मनोनित गर्ने ब्यवस्था रहेको छ ।

प्रतिष्ठानका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक इन्द्रलाल शर्मा दाहालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शालिकराम दाहालले गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सहअध्यक्ष दुर्गाप्रसाद दाहाल, महासचिव पुण्यप्रसाद दाहाल, सचिव बलराम दाहाल, केन्द्रीय सदस्यहरु लक्ष्मण दाहाल, सूर्यकुमार दाहाल, प्रदेश २ का अध्यक्ष दुर्गाप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु चन्द्रप्रसाद दाहाल, विश्वप्रेमी दाहाल, दाहाल बन्धु कुलायन समाजका कार्यवाहक अध्यक्ष ऋषिराम शर्मा दाहाल, साहित्यकार कमलमणि देवकोटालगायतले बोल्नुभएको थियो । बिष्णुप्रभात दाहालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन गणेशप्रसाद दाहालले गर्नुभएको थियो भने नुमाकान्त दाहालले बिषय प्रवेश गराउनुभएको थियो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com